१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीसँग प्रवासी नेपालीको गुनासो– ‘सीमामा हामी कहिलेसम्म लुटिने ?’

कात्तिक २०, २०७४
प्रधानमन्त्रीसँग प्रवासी नेपालीको गुनासो– ‘सीमामा हामी कहिलेसम्म लुटिने ?’
नयाँ दिल्ली ७ भदौ - भारतमा बस्ने नेपालीहरूले नेपाल–भारतसीमामा भारतीय सुरक्षाकर्मीको ज्यादती रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । भारतमा काम गरेर नेपाल जाने क्रममा नेपालीहरूमाथि अहिलेपनि लुटपाट, दुव्र्यवहार र यातनाका घटना भइरहेको भन्दै समाधान गर्न माग गरेका हुन् ।


दिल्लीस्थित नेपाली राजदूतावासमा बिहीवार भएको कार्यक्रममा प्रवासी नेपालीहरूले प्रधानमन्त्री समक्ष १८ बुँदे माग राखेका हुन् । भारतमा काम गर्ने नेपालीहरूको बैंक खाता खोल्न कठिनाइ भएकोले दूतावास मार्फत आवश्यक कागजपत्र जारीगरी त्यसको आधारमा खाता खोल्ने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालादेखि उठाएका मागहरू अहिलेसम्म पुरा भएका छैनन्’ प्रवासी नेपाली संघका अध्यक्ष बालकृष्ण पाण्डेले भने, ‘नेपाल–भारत सीमा क्षेत्रमा सीसीटिभी राखेर भएपनि नेपालीको सुरक्षा गर्नुपर्छ ।’

नेकपा एमाले निकट प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीले नेपालीहरूले घर खर्चका लागि लगेका सामान सीमा क्षेत्रमा लुटपाट हुने गरेको बताए । ‘प्रदेश नम्बर ६ र ७ मा त्यो समस्या झन बढी छ’ भण्डारीले भने, ‘बनारसबाट दिल्ली आउँदा जाँदा मन रुन्छ ।’ उनले नेपालीमाथी भइरहेको लुट रोक्न सरकारको ध्यानाकर्षण गराए ।
'अवैतनिक दूत बन्नुहोस्'

प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्ध विस्तारका लागि अवैतनिक दूत बन्न प्रवासी नेपालीहरूलाई आग्रह गरे । उनले भारतमा पढ्ने विद्यार्थीलाई आफ्नो अध्ययन पूरा गरेर आफुले सिकेको ज्ञान स्वदेशमा बाँढ्न आग्रह गरे ।

‘दुई राष्ट्रबीचको सम्बन्ध विस्तार गर्न तपाईहरू अवैतनिक राजदूत बन्नुस’ नेपाली समुदायलाई संक्षिप्त सम्वोधन गर्दै देउवाले भने, ‘तपाईहरूका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’

देउवाकै अगाडी संविधान संशोधनको विरोध

एमाले निकट प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको बिरोध गरे । उनले राष्ट्रहित विपरितको सम्झौता नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘माटो र देशको हित विपरितको कुनै सम्झौता नहोस्’ भण्डारीले भने, ‘दुई नम्बर प्रदेश डुबाउने गरी आएको बाढीको साँचो भारतसँग छ, त्यो समस्या समाधान गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्