२६ जेठ २०८३, मंगलबार

दिल्लीमा प्रधानमन्त्रीको यस्तो छ आजको

कात्तिक २०, २०७४
दिल्लीमा प्रधानमन्त्रीको  यस्तो छ आजको
नयाँ दिल्ली ८ भदौ — भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीवार) दिल्लीमा महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म देउवा भेटवार्ता र औपचारिक कार्यक्रममा व्यस्त रहने भएका छन् ।modi deuba
बिहान ९ बजे राष्ट्रपति भवनमा विशेष सम्मान ‘गार्ड अफ अनर’ लिएर देउवाको भारत भ्रमणको दोस्रो दिनको कार्यक्रम शुरु हुनेछ । स्थानीय समय अनुसार प्रधानमन्त्री देउवा बिहान ९ः २० मा राजघाटस्थित महात्मा गान्धीको समाधीमा पुगेर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।
समकक्षी नरेन्द्र मोदीसँग भेट्नुअघि प्रधानमन्त्री देउवाले बिहान १०ः ३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहान साढे ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । देउवा र मोदीबीच बुधवार साँझ पनि अनौपचारिक भेटवार्ता भएको थियो । त्यसलगत्तै डेलिकेसन लेभलमा छलफल हुनेछ ।
दिउसो १ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । सोही अबसरमा नेपाल–भारत ट्रान्समिसन लाइन उद्घाटनको कार्यक्रम छ । त्यसपछि दुइ प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
दिउसो १ः ३० बजेदेखि मोदीले प्रधानमन्त्री कार्यालयमै दिवा भोजको आयोजना गर्नेछन् । दिउँसो ३ बजे प्रधानमन्त्री देउवाले राजनाथ सिंहसँग राष्ट्रपति भवनमै भेटवार्ता गर्नेछन् । ३ः ३५ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीसंग भेट गरेपछि प्रधानमन्त्री देउवाले ४ः १५ मा भारतीय उपराष्ट्रपति र ५ बजे राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नेछन् ।
साँझ ६ बजे कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहसँग भेटवार्था गर्ने कार्यक्रम छ । ६ः ४५ मा देउवा इण्डिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागि हुनेछन भने बेलुका ७ः ४५ बजे होटल ताजमहलमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सहभागि हुनेछन ।

विभिन्न सम्झौतामा हस्ताक्षर हुने
बिहीवार भारतसँग विभिन्न सम्झौतामा हस्ताक्षर हुने उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार गृह मन्त्रालयसँग सम्बन्धित लागू औषधको अवैध ओसार पसार र दुरुपयोग नियन्त्रणसम्बन्धी सम्झौता हुने छ ।
लागू औषधको दुरुपयोग नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बारेमा सो सम्झौतामा हस्ताक्षर हुनेछ ।
त्यसैगरी उद्योेगसम्बन्धी गुणस्तर निर्धारणका कार्यक्रममा पनि दुई देशबीचमा सम्झौता हुने मन्त्री महराले बताए । दुवै देशका उत्पादनहरूलाई गुणस्तर चिह्न प्राप्त गर्ने र तिनको प्रयोगमा मान्यता दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिनेछ ।
नेपालमा भूकम्प पीडितलाई भारत सरकारले दिने पुनर्निर्माणको सहयोगको प्याकेज तथा त्यसमा सम्पदा निर्माण, शिक्षा, प्राविधिक सहयोग, परामर्शदाता सहयोग, स्वास्थ्य लगायतका क्षेत्रको सहयोगमा पनि सहमति हुनेछ ।
कतिपय सम्झौताका विषयहरू छलफलमै रहेका र बिहान सम्ममा छलफल गरेर टुंगो लगाउने तयारी भइरहेको महराले बताए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ सहयोग सम्झौताभन्दा पनि पुराना सहमति र सम्झौतालाई कार्यान्वयन तहमा ल्याउने विषयमा बढी जोड दिइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्