१४ असार २०८३, आइतबार

अन्ततः राणाको राप्रपा (प्रजातान्त्रिक) दर्ता, कमल थापाको पार्टीभन्दा ठूलो बन्यो

कात्तिक २०, २०७४
अन्ततः राणाको राप्रपा (प्रजातान्त्रिक) दर्ता, कमल थापाको पार्टीभन्दा ठूलो बन्यो
काठमाडौँ, ८  भदौ - निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा दर्ता गरेको छ ।rana

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिए । आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त दललाई दर्ता गर्ने निर्णय गरेको जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट हालेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता राजाराम श्रेष्ठका अनुसार २० सांसद तथा ६९ केन्द्रीय सदस्य उक्त पार्टीमा छन् । पार्टी प्रजातान्त्रिकले दलको मान्यता पाएसँगै कमल थापाको राप्रपा १७ सिटमा खुम्चिएको छ |

यसैबीच  राप्रपा अध्यक्ष कमल थापाले राज्य शक्ति नै लागेर आफ्नो पार्टी फुटाइएको आरोप लगाएका छन् । आयोगले राणाको पार्टीलई  दलको रुपमा मान्यता दिएसँगै सामाजिक सञ्जालबाट यस्तो टिप्पणि गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्