नयाँ दिल्ली, ८ भदौ–भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष राजकीय सम्मान (गार्ड अफ अनर) प्रदान गरिएको छ ।
भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा देउवालाई गार्ड अफ अनर प्रदान गरिएको हो ।
प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदी राष्ट्रपति भवनमा स्वागत गरेका थिए ।
‘गार्ड अफ अनर’ ग्रहण पछि संक्षिप्त पतिक्रिया दिँदै भारतले नेपालको विकासमा सहयोग गरेको बताए । साथै नेपालले भारतबाट थप सहयोगको अपेक्षा गरेको पनि बताए ।
राष्ट्रपतिमा राजकीय सम्मान लिएपछि प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्न राजघाट गएका छन् ।
