०८ असार २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डले भने- सूचना प्रविधि सरोकारको विषय मात्रै होइन, अपरिहार्य भइसक्यो

प्रधानमन्त्री प्रचण्डले भने- सूचना प्रविधि सरोकारको विषय मात्रै होइन, अपरिहार्य भइसक्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्। 

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे।

विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए।

प्रचण्डले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको र कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गरे।

लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको उनको भनाइ थियो। 

पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासलाई लिएर चौथो औद्योगिक क्रान्तिको रुपमा संश्लेषण गर्न थालेको उनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्