१० साउन २०८३, आइतबार

माधव नेपालले भने- दुर्गा प्रसाईंलाई एमालेले अझै कारबाही नगर्नु लाजमर्दो

माधव नेपालले भने- दुर्गा प्रसाईंलाई एमालेले अझै कारबाही नगर्नु लाजमर्दो
फाइल तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तर्क गरेका छन्। 

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले फेरि 'मण्डलेहरू​​' जाग्न थालेका टिप्पणी गरेका छन्।

उनले भने, 'मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईहरूले ? मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ । त्यहीबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन ।'

प्रसाईं एमालेमा सम्मानपूर्वक बसिरहेका भन्दै यो कम्युनिष्ट पार्टीका निम्ति जालमर्दो कुरा भएको उनले बताए।

'कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरूलाई पनि प्रोत्साहन दिइरहेको त छैन ? शंका खडा हुने परिस्थिति बनेको छ । कतै प्रतिगमनको सहयोगी त बन्न गइरहेको छैन भन्ने प्रश्न खडा भएको छ',नेपालले भने, 'त्यसो हुनाले नेपालको राजनीतिको तस्वीर अझै बेग्लै किसिमको देखिन्छ । समय समयमा कम्युनिष्ट पार्टीले आफ्नो शक्ति देखाएको छ ।’

त्यस अवसरमा अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रूपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

salt training

कमेन्ट गर्नुहोस्