
अरब सागरमा इरान र इजरायलले युद्ध गर्न सक्ने संकेत पाइएको छ ।
जेरुसेलम पोस्टमा छापिएको एक खबरअनुसार, फेब्रुअरी १० मा इरानको ड्रोनले इजरायलको क्याम्पो स्क्वेयर कमर्सियल जहाजलाई निशाना बनाएको छ ।
एक अमेरिकी सैन्य अधिकृतले यसको पुष्टि गरेका छन् ।
उक्त जहाज तेल बोक्ने ट्यांकर थियो र हिन्द महासागर हुँदै अरब सागरमा आएको थियो । आक्रमणमा जहाजलाई हलुका क्षति पुगेको छ ।,
यो ड्रोन आएको ठाउँ र यसको ट्य्राकिङ डेटा हेर्दा इरानतर्फ संकेत गर्ने अमेरिकीहरू बताउँछन् ।
तर यो लोन्च कहाँबाट गरिएको थियो र यो कस्तो किसिमको ड्रोन थियो भनी स्पष्ट भएको छैन । जहाजमा कुनै मालसामान थिएन । यो सिंगापुरबाट यूएईको फुजैरातर्फ गइरहेको थियो । जहाज र त्यसका कर्मचारीहरू आक्रमणपछि पनि पूर्ण सुरक्षित छन् ।
इरानले यस क्षेत्रमा आउने जहाजहरूमा लगातार आक्रमण गर्र्दै आएको छ । अमेरिका र इरानबीच सन् २०१९ मा तनाव चर्किंदा यस्ता आक्रमणको सिलसिला शुरू भएको थियो । यी आक्रमणले इजरायलसँगको तनाव पनि बढाएका छन् ।
इरानले यी आक्रमणहरूमार्फत ड्रोन क्षमताको परीक्षण गरिरहेको बताइएको छ । ड्रोनहरूले जहाज वा चालक दललाई क्षति नगरेसम्म खासै चिन्ता गर्नु नपर्ने विज्ञहरू बताउँछन् । तर इरानमाथि निगरानी गरिरहन उनीहरूले सुझाव दिएका छन् ।