०६ साउन २०८३, बुधबार

आगो तापिरहेकी ८३ वर्षीया वृद्धको मृत्यु

आगो तापिरहेकी ८३ वर्षीया वृद्धको मृत्यु

आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। 

आज आइतबार उखु पेलेर निस्किएको चोयाको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए।

घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए। 

salt training

कमेन्ट गर्नुहोस्