१३ असार २०८३, शनिबार

ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान सकेन - सभामुख घिमिरे

ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान सकेन - सभामुख घिमिरे
फाइल तस्वीर

सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताएका छन्।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले देशमा धेरै ऐन, कानूनहरु बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको बताए।

बनेका ऐनहरुको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको उनले चिन्ता व्यक्त गरे।

सरकारले संसदलाई उचित ढंगले नहेरेको उनको भनाइ थियो। सभामुख घिमिरेले कतिपय कुरा न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए।

उनले कार्यपालिका र व्यवस्थापिकाकाबीच समन्वय हुनुपर्ने बताए। ऐन, कानून कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए।

सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरुका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको आरोप लगाए। त्यस्तै संसदमा पनि ती विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए।

salt training

कमेन्ट गर्नुहोस्