
ललितपुरमा स्कुटर दुर्घटना परी २ जनाको मृत्यु भएको छ।
कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा बा४२प ४४९५ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक सोही गाउँपालिका-४ नल्लु बस्ने १९ वर्षीय विकास सापकोटा र स्कुटरमा सवार गोदावरी नगरपालिका-५ बस्ने ५५ वर्षीय रामहरि घलानको मृत्यु भएको हो ।
घलानको घटनास्थलमै र सापकोटाको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।