२२ असार २०८३, सोमबार

भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

फागुन ७, २०७९
भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

दक्षिणी टर्किएमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।
मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गरेको अर्ध-आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ । "यी दाबीहरू पूर्णतया असत्य छन्। सीमा रेखाबाट कुनै  अप्रत्यासित आगमन भएको छैन।  हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं तर त्यस्तो भएको होइन रहेछ ।" मन्त्रीले भने । सन् २०११ मा गृहयुद्ध शुरु भएपछि आफ्नो देशबाट भागेका झन्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन्। झन्डै आधा शरणार्थीहरू दक्षिणी टर्किएमा शरण लिएका छन् ।  हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ।
फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

salt training

कमेन्ट गर्नुहोस्