२९ असार २०८३, सोमबार

पोखरेल उत्कृष्ट अधिकारकर्मी

पोखरेल उत्कृष्ट अधिकारकर्मी

सप्तरीमा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दैआएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ट प्रतिनिधि घोषित भएका छन् ।  

यसअघि २०७४ मा पूर्वाञ्चल र २०७५ मा मधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधि भएका पोखरेल यस वर्ष पनि उत्कृष्ट प्रतिनिधिका रुपमा पुरस्कृत भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को ३१ औं अंकको आइतबार काठमाडौंमा विमोचन भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको छ । 

पोखरेलले काम सुरुवात गरेकै वर्ष २०७० मा देशभरीकै सर्वोत्कृष्ट प्रतिनिधिको पुरस्कारबाट पुरस्कृत भएका थिए । सप्तरीमा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आएका पोखरेल चार पटक पुरस्कृत भइसकेका छन् । पोखरेलले २०७६ असार, २०७७ असोज, २०७९ वैशाख र २०७९ पुस महिनाको उत्कृष्ट प्रतिनिधिको रुपमा पनि पुरस्कार प्राप्त गरिसकेका छन् ।    

यो वर्ष प्रदेश १ बाट धनुक्टाका ईश्वर थापा, बागमती प्रदेशबाट दोलखाका उद्धवप्रसाद पोखरेल, गण्डकी प्रदेशबाट म्याग्दीका अमृतप्रसाद पौडेल, लुम्बिनी प्रदेशबाट रुपन्देहीका रिमा बीसी, कर्णाली प्रदेशबाट हुम्लाका नन्द सिंह र सुदूर पश्चिमबाट दार्चुलाका नरेन्द्रसिंह कार्की उत्कृष्ट प्रतिनिधि घोषित भएका छन् । 

पुरस्कृत सबैलाई प्रशंसापत्रसहित नगद सात हजारले पुरस्कृत गर्ने सो संस्थाले जनाएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्