२७ असार २०८३, शनिबार

प्रहरीद्वारा गाडीसहित अबैध कपडा बरामद

प्रहरीद्वारा गाडीसहित अबैध कपडा बरामद

प्रहरीले अबैध रुपमा नेपाल भित्र्याउदै गरेको करिब १५ लाख बरावरको सामग्री पक्राउ गरेको छ । पिकअप गाडिमा लोड गरी राजस्व छलेर ल्याउँदैगरेको अवस्थामा झापा प्रहरीले सो सामग्री बरामद गरेको हो ।

झापाको कमल गाउँपालिका वडा ३ केर्खास्थित पुर्व–पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फआउदै गरेको मे.१ ज.२८०४ नं. पिकअप गाडीमा अवैध विभिन्न किसिमका सारी लगायतको कपडाहरु रहेका थिए । अन्दाजी १४ लाख ८० हजार ७७८ मूल्य बराबरको सामग्री रहेको प्रवक्ता रिजालले बताए । 

गाडीको चालक झापा हल्दीबारी गाउँपालिका वडा २ बस्ने बर्ष २४ को जनक कर्मकारसहित गाडी र पक्राउ परेको सामग्री आवश्यक कानूनी कार्वाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय ईटहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्