२४ असार २०८३, बुधबार

सुनचाँदी पसलमा आगलागी

सुनचाँदी पसलमा आगलागी

तनहुँको बन्दीपुर गाउँपालिका –१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ । आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको प्रहरीले जनाएको छ ।  

स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्