२३ असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी, कृषिमन्त्रीमा अहिरले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी, कृषिमन्त्रीमा अहिरले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी भएको छ ।

जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतवार नियुक्त गरेका थिए ।

अहिरले सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिएका छन् । 

अहिले बाँके २(१) बाट निर्वाचित अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेका तुल्सीराम शर्माले सम्हाल्दै आएको मन्त्रालय अहिलेलाई दिइएको हो ।

शर्मालाई विना विभागीय बनाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएको छ । अब लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय र ११ जना मन्त्री भएका छन् । 

जसमध्ये एमाले मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्र ३ तथा जनमत, राप्रपा र जसपाका १/१ मन्त्री छन् । माओवादीको भागमा परेकामध्ये पुस २८ गते मन्त्रीको शपथ लिएकी कृष्णा केसीलाई माघ २८ गते आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइए पनि उनले पद स्वीकार गरेकी छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्