
आइतवारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा एकै वर्ष ५ हजार ८०० जनाको मृत्यु भएको छ ।
बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा तथ्यांक उल्लेख गरिएको छ ।
सोमवार टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा १ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड आइतवार राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो ।
गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैन भने आक्रमणकारीबारे पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रवार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो ।