०३ साउन २०८३, आइतबार

सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि पहल गरिदिन मन्त्री मोदीलाई ज्ञापनपत्र

सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि पहल गरिदिन मन्त्री मोदीलाई ज्ञापनपत्र

विराटनगरको तुलसी बहुमुखी सहकारीका बचतकर्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् । 

सोमवार विराटनगरमा मन्त्री मोदीलाई भेट्दै बचतकर्ताले आफूहरूको बचत रकम फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

‘विराटनगरमा सञ्चालन भएको तुलसी बहुमुखी सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेकाले खुन–पसिना गरेर बचत गरेको रकम डुब्ने आशंका रहेको र त्यस संस्थाका पदाधिकारीहरू पनि केही सम्पर्कविहीन भएकाले सम्पूर्ण बचतकर्ताको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताको बचत फिर्ता गर्न जस्तोसुकै कदमका लागि आवश्यक पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं,’ बचतकर्ताले मन्त्री मोदीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउनका लागि पहलकदमी लिनका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइसकेको बताए ।

तुलसी बहुमुखी सहकारी विराटनगरकै ठूलो सहकारीका रूपमा चिनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्