०४ साउन २०८३, सोमबार

एनआईसी एशिया बैंकमा शून्य ब्यालेन्समै ८४ लाखको बीमा, यस्तो छ प्रक्रिया

एनआईसी एशिया बैंकमा शून्य ब्यालेन्समै ८४ लाखको बीमा, यस्तो छ प्रक्रिया

तपाईं पक्कै पनि जीवन बिमाबारे जानकार हुनुहुन्छ । धेरैले त बिमा गर्नुभएको पनि होला । आफ्नो जीवनको बिमाका लागि महिनामा कति खर्च गर्नुहुन्छ ? स्किमअनुसार वर्षमा हजारौं रकम तिर्नुपर्छ । 

बैंक र इन्स्योरेन्स कम्पनीहरूले हजारदेखि करोडसम्म बिमा स्किम ल्याएर मासिक रकम उठाइरहेका छन् । तर, तपाईंलाई थाहा छ, एनआईसी एशिया बैंकमा एक खाता खोलेकै भरमा ८४ लाख रुपैयाँसम्मको बिमा रकम पाइन्छ । त्यो पनि शून्य ब्यालेन्समा । तर, शून्य ब्यालेन्समै कसरी ? 

शून्य ब्यालेन्समा ८४ लाखको बिमा सुविधा पाउन भने सानो प्रक्रिया पूरा गर्नुपर्छ । त्यो सुविधा पाउन एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोलेको व्यक्तिले यो स्किममा जोड्नुपर्छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने व्यक्तिले थप तीन जनालाई आफ्नो खातामा जोड्न सक्छन् । खातावालाले जोडेका तीन जनाको खाता बैंकमा खोल्नु पर्छ । बैंकमा पहिले नै खाता छ भने पनि त्यही खातामा जोड्न सकिन्छ ।

पहिलो खाता खोल्ने व्यक्तिले सर्वश्रेष्ठ बचत खातामा एक लाख रुपैयाँ न्यूनतम ब्यालेन्स राख्नुपर्छ तर त्यसपछि आफ्नो खातामा जोडिने तीन जनाको खातामा भने शून्य ब्यालेन्स भए पनि फरक पर्दैन । यसअनुसार पहिलो खाता खोल्ने एक जना र नयाँ जोडिने तीन गरी चार जनाले यो बिमा सुविधामा सहभागी हुन पाउँछन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एनआईसी एशिया बैंकले उपलब्ध गराएको सर्वश्रेष्ठ बचत खाता नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट खाता भएको बताए । 

‘हामीले बैंकिङ क्षेत्रमा विशेष अध्ययन गरेर यो खाता ल्याएका हौं,’ न्यौपानेले भने, ‘यो खातामा ग्राहकले ८४ लाखको बिमादेखि सहुलियत कर्जा, ५ वर्षका लागि निःशुल्क सेवाहरू लगायतका थुप्रै सेवा पाउन सक्नुहुन्छ ।’  

यस्तो छ ८४ लाखसम्मको बिमा सुविधा

बैंकले सर्वश्रेष्ठ गुडबिल एम्बेसडरमा ८४ लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराएको छ । यो खाता खोल्ने ग्राहकले थप तीन जनालाई यो खातामा जोड्न सक्छन् । यसरी खातामा जोडिएका तीनजनाले पनि ८४ लाख रुपैयाँको सुविधा पाउँछन् । यो बिमा सुविधा पाँच वर्षसम्म उपलब्ध हुनेछ ।

गुडबिल एम्बेसडर खातामा ८४ लाख रुपैयाँको बिमा सुविधा उपलब्ध छ । जसमध्ये ४० लाखसम्मको दुर्घटना बिमा, ४० लाखसम्मको घातक रोग बिमा र ४ लाखसम्मको औषधि उपचार बिमा पाउने छन् । 

औषधि उपचार बिमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारका लागि ८० हजार रुपैयाँसम्म पाउँछन् ।  

यसरी खोल्न सकिन्छ सर्वश्रेष्ठ बचत खाता

गुडबिल एम्बेसडर खाता खोल्न न्यूनतम ब्यालेन्स १ लाख रुपैयाँ हुनुपर्छ । सबै किसिमको सुविधा र फाइदाहरू एम्बेसडरमा रहेका छन् । बैंकले हिसाब गरेअनुसार गुडबिल एम्बेसडरमा खाता खोल्ने ग्राहकले पाउने प्रतिफल ३३९ प्रतिशतसम्म हुने बैंकले जनाएको छ । सर्वश्रेष्ठ एम्बेसडर बचत खाता अहिलेसम्मकै उत्कृष्ट सुविधा सहितको खाता भएको एनआईसी एशिया बैंकले जनाएको छ । आजभोलि बैंकमा खाता खोल्नु भनेको त्यसबाट आउने ब्याजमात्र नभएर बिमा, सहुलियत ऋण र अन्य सुविधाहरूका लागि पनि हो ।

सबै बैंकले भने यस्ता सुविधा दिन सकेका छैनन् । बजारमा रहेका वाणिज्य बैंकहरूले बचत खातामा दिने सुविधालाई अध्ययन गरी एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ । सर्वश्रेष्ठ बचत खातामा विभिन्न प्रकारका २४ सुविधाहरू रहेका छन् । तीमध्ये बिमासम्बन्धी तीन, कर्जासम्बन्धी तीन र अन्य १८ वटा सुविधाहरू छन् । 

salt training

कमेन्ट गर्नुहोस्