
आगलागीमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई दिइएको भेन्टिलेटर हटाइएको छ ।
भारतको मुम्बईमा उपचाररत भण्डारीलाई दिइएको भेन्टिलेटर (कृत्रिम अक्सिजन) ट्रायलका रूपमा हटाइएको जानकारी मुम्बईबाट माधव न्यौपानेले दिएका छन् ।
भण्डारीलाई पछिल्लो समय ज्वरो आएको छैन, सबै स्वास्थ्य पारामिटर नर्मल छन् ।
सुन्निएको भाग घट्दै गएको र स्वास्थ्य सामान्यतर्फ हुँदै गएको छ ।
आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परी भण्डारीकी आमाको निधन भएको थियो ।
गम्भीर घाइते भएपछि भण्डारीको मुम्बईको नेसनल बर्नस् हस्पिटलमा उपचार हुँदै आएको छ ।