१३ असार २०८३, शनिबार

नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा हेल्प डेस्क स्थापना

नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा हेल्प डेस्क स्थापना

नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हेल्प डेस्क स्थापना गरिएको छ । 

 मिथिला मध्यमा परिक्रमाको सोमबार पहिलो दिन जनकपुरधामस्थित हनुमानगढीमा  साधुसन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई लक्षित गरेर कार्यालय सचिव कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको हो ।  हेल्प डेस्कमा प्राथमिक उपचारसहित चिया र पानीको व्यवस्था गरिएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ओढ्ने र बिछ्याउना नहुने साधुसन्तहरुका लागि कम्बल र झुल समेत वितरण गर्ने संस्थाको सहसचिव रामजी रायले बताए ।

 उक्त हेल्प डेस्क जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, तमलोपाकी नेत्री बिभा ठाकुर, क्लोथ बैंकका कोषाध्यक्ष रुबि झा, सचिव मनिष श्रीओम, नेपाल तरुण दलका नेता राकेश बिक्रम साह, धनेश्वर ठाकुर, पारस ठाकुर, सुनिल कुमार गुप्तालगायतको समेत सहभागितामा संचालन गरिएको प्रवक्ता प्रमोद कुमार साहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्