०१ साउन २०८३, शुक्रबार

अध्यक्ष ओलीद्वारा ल्होसारको शुभकामना व्यक्त

अध्यक्ष ओलीद्वारा ल्होसारको शुभकामना व्यक्त

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । आज मंगलबार पार्टीको तर्फबाट शुभकामना दिंदै उनले नेपाली चाडपर्व नेपाली पुँजीको रुपमा रहेका चर्चा गरेका छन् ।

“बहुसांस्कृतिक विशेषताहरु हाम्रो सुन्दर देश नेपालका मौलिक पूँजीको रुपमा रहेका छन् । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन्” उनले शुभकामनामा भनेका छन् । हाम्रो संविधानले विविध भाषा तथा संस्कृतिसम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उनले बताएका छन् । 

एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्, “लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ ।” 

जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन एमालेले चाहेको उनले चर्चा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्