०४ असार २०८३, बिहीबार

प्रहरीलाई हातपात गर्ने पाँच पक्राउ

प्रहरीलाई हातपात गर्ने पाँच पक्राउ

गौर नगरपालिका –६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका –४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सो बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्नेक्रममा ग. १ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेपछि सोमबार दुई पक्षबीच धक्कामुक्का भएको थियो । 

साहलाई नियन्त्रणमा लिएपछि अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हातपात गर्नेमाथि कानुनअनुसार कारवाही हुने रौतहट प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्