०३ असार २०८३, बुधबार

राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि आउने

राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि आउने
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ आउने कार्यक्रम तय भएको छ।  

फागुन १० गते राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने र लगत्तै पर्वतको जलजला गाउँपालिका-२ पूर्णगाउँमा कुल मन्दिरको उद्घाटनमा उपस्थित हुने बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जानकारी दिएको हो। 

राष्ट्रपति भण्डारी कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती दर्शनका लागि आउन लागेकी हुन्।

समितिले मंगलबार पत्रकार भेटघाट आयोजना गरी यसबारे जानकारी दिएको हो। 

राष्ट्रपति भण्डारी बुधबार बिहान १० बजे मन्दिर दर्शनका लागि आउने भएपछि त्यसको तयारीमा जुटिएको गुठीका अध्यक्ष कुमार खड्काले बताए।

राष्ट्रपतिले कालिका मन्दिर दर्शनपछि मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्