×

NMB BANK
NIC ASIA

'हस्पिटालिटीमा बिजनेस'मा सुगतरत्न

सुगतरत्न कंसाकारले सञ्चालनमा ल्याएको रिसोर्टको कथा

पर्यटकीय क्षेत्र नगरकोटको नयाँ परिचय बनाउँदै तायो इको

फागुन ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दूरसञ्चार संस्थान (अहिलेको नेपाल टेलिकम)मा काम गरिरहेको समयमा सुगतरत्न कंसाकार एक दिन हाकिमसँगै टेलिफोनको एक्सचेन्ज राख्ने जग्गा प्राप्तिका  लागि स्थल अवलोकन गर्न नगरकोट गएका थिए, झण्डै २२ वर्ष पहिले । माओवादी सशस्त्र द्वन्द्वका कारण पर्यटकीय गतिविधि खुम्चिँदै थियो, तर उपत्यकाका डाँडाकाँडामा जग्गाको कारोबार बढिरहेको थियो । 

Muktinath Bank

टेलिफोनको एक्सचेन्ज स्थापनाका लागि नयाँ मान्छेले जग्गा अवलोकन गरिरहेको देखेपछि एक जना जग्गा व्यवसायी उनीहरूको पछि लागे । आफूसँग पनि एउटा आकर्षक जग्गा रहेकाले हेरिदिन उनले आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रिटायर्ड लाइफ’मा छाप्रो बनाएर बस्न हुन्छ भनेर ती व्यवसायीले हत्ते गरेपछि सुगत त्यो जग्गा हेर्न राजी भए । ‘डाँडामा बसेर साखुँदेखि काठमाडौंको धरहरा र वरिपरिका हिमाल’ देखिने त्यो जग्गा लिन सुगतसँगै गएका हाकिमले बढी जोड गरेका थिए । सुगतलाई जग्गामा लगानी गर्न प्रोत्साहन गर्ने उनका हाकिम थिए, रघुवरलाल श्रेष्ठ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

ती जग्गा व्यवसायीले नगरकोटमा एउटा डाँडो देखाए– आकर्षक मूल्यको अफरसहित । ८ रोपनी जग्गाको मूल्य ११ लाख रुपैयाँ । अर्कै कामले जाँदा भेटिएको जग्गाबारे सुगतले घरमा आएर श्रीमतीलाई जानकारी गराए । एकपटक जग्गा हेर्ने घर सल्लाह भयो । 

बिदाको दिन कंसाकार दम्पती जग्गा हेर्न गए । जग्गा मनपर्‍यो । तर, उनीहरूलाई एउटा शंका भयो– यति सस्तो किन दियो ? पछि थाहा भयो, ८ रोपनीमध्ये ४ रोपनी जग्गा डाँडामा र ४ रोपनी तल भिरालोमा रहेछ । 

‘काठमाडौं कमलादीमा जन्मे हुर्केको मलाई नगरकोटमा घर बनाएर बस्ने सोचाइ त थिएन, तै पनि माथिको ४ रोपनी जग्गाको मूल्य ११ लाख मानेर जग्गा लिने निर्णयमा पुग्यौं,’ कंसाकारले २२ वर्ष अगाडिको त्यो क्षण स्मरण गर्दै लोकान्तरसँग भने । 

सुगतरत्न कंसाकार

कंसाकारले विना योजना किनेको त्यो जग्गामा अहिले भव्य रिसोर्ट बनेको छ । नाम हो, तायो इको रिसोर्ट । जाप्निज जस्तो सुनिने ‘तायो’ बिल्कुल नेपाली नाम हो । शान्तिडाँडामा रातो टायल लगाएका एउटै आकारका चिटिक्क परेका भिल्लासहितको रिसोर्टले नगरकोटको सुन्दरता थपेको छ । 

‘फलाम किन्दा सुन बनेको’ जग्गाकै कहानी बाँकी छ । जग्गा व्यवसायीले तोकेको मूल्य ११ लाखमै जग्गा पास गर्न कंसाकार दम्पती राजी भए । पास गर्ने दिन तोकियो । अन्तिममा कुरो अड्कियो, जग्गा धनीलाई पैसाचाहिँ चितवन लगेर दिनुपर्छ ।

नगरकोटका जग्गाधनी चितवनमा बस्दै आएकाले त्यहीँ लगेर पैसा दिनुपर्ने अडानले कंसाकारलाई धर्मसंकट पर्‍यो । वाणिज्य बैंकको ड्राफ्ट बनाएर कार्यालय बन्द हुने समयमा जग्गा पास भयो । 

२०५७ सालतिर किनेको त्यो जग्गा झण्डै २ दशकसम्म यत्तिकै बाँझो रह्यो । शुरूमा ८ रोपनी जग्गा जोडेकोमा सँधियारहरूले समेत आफ्नो जग्गा लिइदिन आग्रह गरेपछि पाँच वर्षको बीचमा थपेर ३० रोपनी पुर्‍याए । विना योजना ख्यालख्यालमा लिएको त्यो जग्गा अहिले आएर अनमोल भयो ।

‘त्यो बेला रिसोर्ट बनाउने योजनाले जग्गा किनेको थिइनँ, यत्रो संरचना बन्ला भन्ने सोचेको पनि थिइनँ,’ रिसोर्टमा बसेर कंसाकारले पुराना दिन सम्झिए ।

अनि बन्यो रिसोर्ट खोल्ने योजना

नेपालमा दूरसञ्चार क्षेत्रको तीव्र विस्तारको समयमा कंसाकार टेलिकमको महाप्रबन्धक (जीएम) थिए । पछि उनी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष र महाप्रबन्धक बने । महत्त्वपूर्ण निर्णय लिन जोखिम मोल्ने क्षमताकै कारण कंसाकारले आफूलाई सफल व्यवस्थापकको रूपमा उभ्याउन सफल भए । निर्णय क्षमता भएकै कारण उनी दरबारदेखि गणतान्त्रिक सरकारसम्मको नजरमा परेका थिए ।

जागिरे जीवनबाट रिटायर्ड लाइफ बिताइरहेका कंसाकारले पुनः एउटा जोखिम उठाए– नगरकोटमा सुविधासम्पन्न अत्याधुनिक रिसोर्ट खोल्ने भनेर ।

काठमाडौंको नरदेवीमा जन्मेका र कमलादीका रैथाने कंसाकारका बुवा (देवरत्न कसांकार) व्यापारी (साहु) थिए । कंसाकारका हजुरबुवाले तिब्बतमा चियाको व्यापार गर्दथे । नेपालका अहिले ठूला कहलिएका व्यावसायिक घरनाले समेत सुगतका बुवाबाट ऋण लिएर व्यापार शुरू गरेका थिए । 

केही समयको ग्यापपछि कंसाकार परिवार फेरि व्यवसायमा जोडिएको छ– हस्पिटालिटी बिजनेसमार्फत ।

नगरकोटमा अहिले भएकाभन्दा फरक खालको रिसोर्ट बनाउने योजना सुनाउँदै गर्दा सुगतलाई धेरैले ‘पागलपन’ भन्दै निरुत्साहित बनाए । तर पनि उनी आफ्नो योजनाबाट पछाडि हटेनन् । नाताले सानीआमाको छोरा पर्ने व्यवसायी रूपज्योतीले चाहिँ कंसाकारलाई प्रोत्साहित गरेका थिए । 

हस्पिटालिटी बिजनेसमा हात हाल्नुको पछाडि छोराको भूमिका छ । सिंगापुरबाट होटल म्यानेजमेन्ट पढेर आएका छोराले यो क्षेत्रमा सम्भावना रहेको र केही काम गर्नुपर्ने प्रस्ताव गरे । सिंगापुरबाट फर्केर काठमाडौंमा कलेज र ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट चलाए पनि त्यो पार्टनरशिप जमेन । त्यसपछि के गर्ने ? सुगतले आइडिया निकाले नगरकोटमा आफ्नै जग्गामा रिसोर्ट बनाउने । रिसोर्ट त बनाउने तर थोरै लगानीले पुग्दैन । अहिले भएका भन्दा केही पृथक रिसोर्ट बनाउने प्रपोजल तयार भयो । बैंकले सहजरूपमा ऋण स्वीकृत गर्‍यो ।

आर्किटेक्ट शाक्यसँग सुमिररत्न कंसाकार र होटलका म्यानेजर रमेश पन्त

रिसोर्ट निर्माणको काम भर्खर शुरू भएको थियो, कोरोना महामारीको धक्का लाग्यो । कोरोना महामारी शिथिल भएसँगै संरचना निर्माणको काम सकियो । तरलता अभावका कारण बैंकले समयमा ऋण दिन सकेन । सन् २०२२ को अन्त्यतिर आउँदा पूर्वाधार निर्माणको काम करीब सम्पन्न भयो । सन् २०२३ को जनवरीदेखि सफ्ट ओपनिङमा रिसोर्ट सञ्चालनमा आएको छ । 

रिसोर्टका प्रबन्ध निर्देशक सुमिररत्न कंसाकारले पर्यटकीय क्षेत्र नगरकोटमा अतिथिको सम्मानका लागि तायो तम्तयार रहेको बताए । उनले रिसोर्टमा आउने पाहुनाले फरक अनुभूति गर्न पाउने बताए । 

जसले बनाए आँखा नबिझाउने संरचनाको स्केच

नेपाली रिसोर्ट आर्किटेक्चरको परिवेशमा नमूना बनेको तायो रिसोर्टका डिजाइनर हुन्– आर्किटेक्ट उज्ज्वलमान शाक्य ।

रिसोर्टका संरचनाको स्केच बनाउनै उज्ज्वलमानले झण्डै दुई वर्ष खर्चिएका थिए । ‘मेरो लागि चुनौती थियो एउटा नमूना काम गरेर देखाउने । संरचनाले पूर्णता पाउँदा सपना पूरा भएजस्तो लाग्यो,’ स्पेनमा एउटा यस्तै प्रोजेक्टमा काम गरिरहेका शाक्यले लोकान्तरसँग भने । 

उज्ज्वलमान शाक्य

रिसोर्टका संरचनाको बाहिरी आवरणमा परम्परागत नेपाली वास्तुकला प्रयोग गरिएको छ भने भित्र नवीनतम् प्रविधिको प्रयोग भएको छ । सबै संरचनाको छानोमा टायल लगाइएको छ । कतै पनि मार्बल प्रयोग गरिएको छैन ।

‘यस्तो सुन्दर ठाउँमा क्रंकिटको भवन ठड्याउनुभन्दा परम्परागत वास्तुकलाको संरचना बनाउनु पर्छ भन्ने लाग्यो,’ शाक्यले भने, ‘काठमाडौं र आसपासको हावापानीमा मार्बल उपयुक्त हुँदैन भनेर कतै प्रयोग गरिएको छैन ।’ 

भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाएर बनाइएका कंक्रिटका संरचनालाई नेपाली इँटा, टायल र काष्ठकलाले छोपिएको छ । कोठाभित्र पिल्लरका संरचना देखिँदैन ।

‘महंगो र काठमाडौंको मौसमका लागि अनुपयुक्त मार्बल हामीले प्रयोग नगर्नुको अर्को कारण नेपाली उत्पादनको प्रयोग र नेपाली कालिगढलाई रोजगारी दिनु पनि हो,’ शाक्यले भने । 

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले कार्यकालको अन्त्यमा यति रोजगारी सिर्जना गर्‍यौं भनेर उपलब्धि सार्वजनिक गरेको स्मरण गर्दै कंसाकारले थपे, ‘विदेश जान रोक्छौं भनेर मात्र भयो र स्वदेशमा रोजगारी पनि सिर्जना गर्नु परेन ?’ भर्खर सञ्चालनमा आएको रिसोर्टमा प्रत्यक्ष रूपमा ४६ जनाले रोजगारी पाएका छन् ।

नवीकरणीय ऊर्जाको प्रयोग गरेर सूर्यको किरणद्वारा कोठा तताउने प्रविधि अपनाइएको छ । रिसोर्ट प्रवेश गरेलगत्तै कलात्मक शैलीको फल्चा (पाटी) बनाइएको छ, जहाँ बसेर हिमालको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । फल्चा गल्ली हुँदै भित्र प्रवेश गरेपछि रिसोर्टका मुख्य संरचनामा पुगिन्छ ।

रिसोर्टमा नेपाली शैलीका १० वटा कटेजसहित कुल १८ वटा संरचना छन् । प्रत्येक कटेजमा चारवटा बेडरूम छन् । रिसोर्टमा कुल ४० वटा कोठा छन् । ४० वटै डिलक्स रूम हुन् भने दुईवटा स्वीट रूम छन् । 

बाहिर कलात्मक देखिएको रिसोर्टको भित्र भने अत्याधुनिक संरचना छन् । फरक क्षमता भएका व्यक्तिलाई प्रवेशका लागि रिसोर्टका रूमसम्मै ह्वीलचेयर लैजान सकिने र्‍याम बनाइएको छ । बाथरूमको डिजाइन पनि सोही प्रकारको छ । 

‘बायो इन्जिनीयरिङ’ प्रविधि अपनाएको रिसोर्टमा रेनवाटर हार्भेस्टिङ, वेस्ट वाटर रिसाइकलिङ र फोहोरबाट जैविक मल बनाउने प्रविधि जडान गरिएको छ । आकाशे पानी संकलनका लागि १ लाख लिटरको ट्याङ्की बनाइएको छ ।

किन रोजियो तायो नाम ? 

जीवित देवी कुमारीले लगाउने गहना (नेक्लेस)को नाम हो, तायो । रिसोर्ट प्रवेशद्वारको फाउन्टेनमा तायोको आकृति राखिएको छ । नाम भने सुगतपत्नी पद्मिनी कंसाकारले जुराएकी हुन् । 

‘धेरैले तायो सुन्दा जाप्निजजस्तो लाग्ने गरेको बताउँछन्, तर यो नेपाली नाम हो । जीवित देवी कुमारीले लगाउने नेक्लेसबाट नाम राखिएको हो,’ सुगतले बताए । रिसोर्टमा पुगेपछि मात्र धेरैले थाहा पाउँछन् तायोको अर्थ । 

रिसोर्टको रिसेप्सनदेखि रूममा पनि मौलिक कला झल्किने तस्वीहरू राखिएका छन्, प्रायः तस्वीरमा तायो देखिन्छ । रेस्टुरा र बारमा पनि कलात्मक आँखीझ्याल राखिएको छ । 

तायो इको रिसोर्टमा सभा समारोहका लागि आकर्षक सभाहल बनाइएको छ । नीलदेव (नीलप्रभा कंसाकार र देवरत्न कंसाकारको नामबाट) नाम राखिएको हलमा अत्याधुनिक ‘स्टेट अफ आर्ट’ प्रविधियुक्त अडियो भिडियो प्रणाली जडान गरिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका सेमिनारका लागि लक्षित गरेर सभाहल बनाइएको छ । 

जंगलको बीचमा रहेको रिसोर्टमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि कौशी र चौतारा निर्माण गरिएको छ । पर्याप्त ठाउँ भएकाले संरचना बनाउँदा कन्जुस्याइँ गरिएको छैन । काठमाडौंको पाँचतारे होटलका एक म्यानेजरले किचेनको संरचना हेरेर प्रशंसा गरेको उज्ज्वलले स्मरण गरे । 

६७ करोड लगानी, विश्वस्तरीय सुविधा

४० वटा डिलक्स रूम रहेको रिसोर्टमा अहिलेसम्म ६७ करोड लगानी भएको छ । जग्गाको समेत मूल्यांकन गर्दा यसको लगानी अर्बभन्दा माथि पुग्छ । काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीय हब नगरकोटमा जग्गाको मूल्य आकासिएको छ ।

रिसोर्टमा स्पा लगायत केही संरचना थप्न बाँकी छ । ‘वर्ल्ड क्लास फसिलिटी’को सुविधा दिने दाबी गरेको तायोले आफूलाई पाँचतारे स्तरको रिसोर्टको मान्यता दिन पर्यटन विभागमा निवेदन दिएको छ । पर्यटन विभागले हालैमात्र रिसोर्टलाई पनि वर्गीकरण गर्न सकिने गरी खुलाएको थियो ।

रिसोर्ट अवलोकनका लागि पुगेका प्रायःले मौलिक संरचनाको तारिफ गर्ने गरेका छन् । ‘रिसोर्टमा लगानी गर्ने बैंकको अध्यक्ष यहाँ आउनुभएको थियो । यो संरचना देखेपछि ‘वी आर अल्सो प्राउड’ भन्ने प्रतिक्रिया दिनुभयो,’ कंसाकारले थपे । यो संरचना हेर्नका लागि पनि पर्यटक आउन थालेका छन् । रातिमा बास बस्नका लागि अन्य होटल बूकिङ गरेर गएका पर्यटक समेत संरचना देखेपछि पस्ने गरेको त्यहाँ कार्यरत कर्मचारीले बताए । 

कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै उठ्दैछ । विश्व बजारमा आएको आर्थिक मन्दी कम हुनासाथ नेपालमा एकपटक पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायीको विश्वास छ । 

अनुभवी शेफबाट मौलिक परिकार

तायो इको रिसोर्टको अर्को विशेषता मौलिक खाना पनि हो । भारतका विभिन्न स्तरीय होटलमा काम गरेका मोहन कुँवर तायोको एक्जुकेटिभ शेफ छन् । 

भारतको बैंग्लोर, गोवा, हैदरावाद, चेन्नाइ र इन्डोर शहरमा ओबेराई, होलिडे इन र फाइन डायनिङजस्ता चेन रेस्टुरामा काम गरेका कुँवरले फरक खालको स्वाद दिलाएका छन् । इटालीयन खानामा उनको विशेष दख्खल छ ।  

नेपाली खानामा सिस्नोको सुप, बट्टाइको सुपलगायत केही मौलिक परिकार समेत उपलब्ध छ । ‘यहाँ आउने ग्राहकले खानाका परिकारको एकदमै प्रशंसा गर्नुभएको छ । आफ्नै जग्गामा उत्पादित केही अर्ग्यानिक तरकारी पनि हाम्रो विशेषता हो,’ सुगतले भने ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x