०८ साउन २०८३, शुक्रबार

बस कन्डक्टरले १ रुपैयाँ फिर्ता नदिएपछि अदालतमा मुद्दा

बस कन्डक्टरले १ रुपैयाँ फिर्ता नदिएपछि अदालतमा मुद्दा

हामीले धेरैजसो ठाउँमा खुद्रा पैसा नभएका कारण पाउनुपर्ने फिर्ता लिइरहेका हुँदैनौं। या त हामीलाई खुद्रा पैसा अभावमा पसले अथवा भुक्तानीकर्ताले चकलेट या यस्तै सामग्री दिने गर्छ। 

हामी आफूले पाउनुपर्ने त्यस्ता खुद्रा पैसालाई वास्तै गर्दैनौं। 

खासगरी नेपालमा साना नोट वा सिक्का अभाव हुँदा अथवा आफूसँग राख्दा हराउने चिन्ताले पाउनुपर्ने त्यस्ता पैसा लिन मान्दैनौं। अनि कतिपय ठाउँमा त त्यस्ता खुद्रा पैसाको मूल्यबराबर हामीलाई चकलेट वा त्यस्तै सामग्री भिडाइन्छ। 

तर भारतमा भने एउटा यस्तो घटना भएको छ, जसले उपभोक्ता वा सेवाग्रोहीको ध्यान आकर्षित गरेको छ। 

भारतको बैंगलोरमा एक रुपैयाँका लागि एक उपभोक्ता अदालतसम्म पुगेका छन्।  

बस कन्डक्टरले एक रुपैयाँ पनि फिर्ता नगरेपछि उनी अदालत पुगेका हुन्।

अदालतले निवेदकको प्रशंसा गर्दै बैंगलोर मेट्रोपोलिटन ट्रान्सपोर्ट कर्पोरेशनबाट २ हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्