×

NMB BANK
NIC ASIA

तीजको दिन ड्युटी खटिएका महिला प्रहरी भन्छन् – तीज चाहिँ चालिस कटेसी मनाउने !

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ भदौ – नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको दिन बिहीबार पशुपती मन्दिर परिसरमा महिला भक्तजनहरुको भीड थियो । महिलाहरु रातो साडी, चुरा, गहना र श्रृंगारले चिटिक्ट परेर पशुपतीनाथको दर्शन गर्न लाईनमा बसेका थिए ।

लाइनमा बसेका व्रतालु महिलाहरुलाई सहज रुपमा मन्दिर पु¥याउन तल्लिन देखिन्थिन् महिला प्रहरी कल्पना थापा । तीजको समयमा प्राय मन्दिरहरुमा भीडभाड हुने भएकाले धेरै प्रहरीको मन्दिर परिसरमा ड्युटी हुन्छ । थापाको बिहीबारको ड्युटी पशुपती मन्दिर परिसरमा थियो ।

प्रहरी पोशाकमा तीजको दिन काममा खटिएकी उनले तीज भनेर विदा नहुने सुनाइन् । ‘सुरक्षामै खँटिदा रमाइलो लाग्न थालिसकेको छ, अब त बानी भईसक्यो ।’ उनले भनिन् ।

थापा जस्तै पशुपती परिसरमा सर्वसाधारणको सुरक्षाको लागि खटिएकी सरीता भट्ट पनि ड्युटीमा व्यस्त थिइन् । उनले प्रहरीमा जागिर खाएदेखि अरु महिलाले जसरी तीज मनाउन नपाएको बताइन् । ‘११ वर्ष भयो प्रहरी सेवामा लागेको, तीजमा अहिले सम्म विदा बसेको छंैन,’ उनले भनिन्, ‘व्रत त बसेकी छु तर तीजको लुगा लगाएर नाच्न चाहिँ पाउँदिन ।’

प्रहरी सेवामा लाग्नु अघिको तीज संझदै उनले भनिन्, ‘जागीर खानु भन्दा पहिला रमाइलो हुन्थ्यो, घर नजिकको मन्दिरमा गइन्थ्यो, पुजा गरिन्थ्यो नाचगान गरिन्थ्यो ।’

उनीसंगै रहेका अन्य महिला प्रहरीहरुले थपे, ‘हाम्रो त माइत पनि यही, घर पनि यही, तीज पनि यही हो । विदेश जानेहरुले चालीस कटेसी रमाउला भने जस्तै हो हामीलाई पनि । पेन्सन पाकेपछि मनाउँला तीज, चालिस कटेसी रमाउँला ।’

प्रहरी सेवामा रहेकाहरुलाई चाडपर्वको समयमा भएको विदा पनि कटौती गरिन्छ । त्यसैले महिला प्रहरीहरुले तीजमा विदा नमाग्ने गरेको बताउँछन् । तीजको समयमा मन्दिरमा ड्युटी पर्दा अरु महिलाले लगाएको रातो साडीले उनिहरुको मन अमिलो बनाउँछन् ।

सबै महिलाले साडी लगाएर मन्दिर आएको देख्दा नाचेको देख्दा आफुलाई पनि साडी लागाउन र नाच्न रहर लाग्ने बताउँछिन् महिला प्रहरी रामप्यारी अधिकारी । उनले भनिन्, ‘सबै महिलाहरुले साडी लगाएर, गित गाउँदै नाचेको देख्दा रहर त लाग्छ नि । तीज नै भएपनि ड्युटीमा कार्यालयकै पोषाक लगाउनुपर्छ ।’

आफूले लगाएको पोशाकले कर्तव्य बोधको भावना आउने र साडी लगाउने तथा नाँच्ने चाहाना दबिने उनले बताइन् ।
उनीहरुजस्तै पशुपति मन्दिर क्षेत्रमा एक हजार महिला प्रहरीहरु ड्युटीमा खटिएका छन् । ड्युटीमा खटिएका धेरै महिलाहरु तीज मान्छन् । व्रत पनि बसेका हुन्छन् । तर उनीहरु अन्य महिलाले जस्तो रातो साडीमा लाइनमा बसेर मन्दिर जान, पुजा गर्न र नाचगानमा रमाइलो गर्न भने पाउदैनन् । नत अरु महिलाले जस्तो माइती र साथीसंगी संग दुःख सुखका कुरा गर्न पाउछन् ।


महिलाको महान् पर्वको रुपमा लिईने चाड तीजमा सबै कार्यलयहरुमा महिलालाई बिदा दिइन्छ । तर देशभर प्रहरी सेवामा रहेका हजारौं महिलाहरु तीजको दिन कार्यलय पोशाकमा ड्युटीमा खटिएका हुन्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x