
मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् ।
हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् ।
चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
गएराति मिक्लाजुङ-६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्याएका छन् ।
सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ ।
हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्याएको छ ।