२५ असार २०८३, बिहीबार

नेपालको बाटो भएर भारतमा ग्यांगस्टरलाई हतियार पुगिरहेको दाबी

फागुन ९, २०७९
नेपालको बाटो भएर भारतमा ग्यांगस्टरलाई हतियार पुगिरहेको दाबी

भारतको दिल्लीस्थित तिहाड जेलमा कैद कुख्यात ग्यांगस्टर नीरज बवाना र लरेन्स बिश्नोईलाई कसरी हतियार पुगिरहेको छ भनी भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले छाननिब गरिरहेको छ । 

उत्तर प्रदेशको राजधानी लखनउ सहित पीलीभीत र प्रतापगढमा ग्यांगस्टरहरूलाई हतियार आपूर्ति गर्ने नेक्ससमाथि छापा मारिएको छ । यूपी सहित आठ राज्यमा मंगलवार छापा मारिएको हो । 

नेपालको बाटो भएर ती हतियारहरूको आपूर्ति हुने गरेको जानकारी एनआईएले पाएको छ । 

ग्यांगस्टरहरूसँग जोडिएका मानिसलाई गरिएको सोधपुछका आधारमा छापा मारिएको हो । आतंकवादमा लगानी र हतियार आपूर्ति केसमा निकै तयारीपछि छापा मारिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्