०१ असार २०८३, सोमबार

स्पेनमा पशुमैथुनलाई वैध बनाउने तयारी

फागुन ९, २०७९
स्पेनमा पशुमैथुनलाई वैध बनाउने तयारी

स्पेनमा मानिसले पशुसँग गर्ने मैथुनलाई वैध बनाउनका लागि दण्ड संहितामा संशोधन गर्न लागिएको छ । 

देशको संसद्को तल्लो सदनले पारित गरेको पशु कल्याण विधेयककै एक अंगका रूपमा यो संशोधन पनि गरिएको हो । यसलाई माथिल्लो सदन सिनेटले पारित गर्न बाँकी छ । 

उक्त ऐनलाई देशका सामाजिक अधिकार मन्त्री आयोन बेलाराले सदनमा प्रस्तुत गरेका हुन् । पशुको कल्याणका लागि मानिससँगको हलुका मैथुनलाई अनुमति दिन मिल्ने तर्क उनले गरेका छन् । 

अहिलेसम्म स्पेनमा पशुमैथुनलाई अपराध मानिएको छ । पशुसँग मैथुन गर्दा पशुलाई गम्भीर चोट लागेर पशुचिकित्सककहाँ पुर्‍याउनुपर्ने भएमा मात्र अपराध गरेको मानिने भन्ने शब्दावलि राखेर संहिता संशोधन गर्न लागिएको हो ।

बेलाराको पशु कल्याण विधेयकमा घरमा मुसा मार्दा कैद सजाय तथा ५० हजार युरोसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्