१५ असार २०८३, सोमबार

महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ - उपमेयर डंगोल

महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ - उपमेयर डंगोल
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन्। 

मंगलबार ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधारण सभामा उपमेयर डंगोलले महानगरले व्यवसायलाई प्रोत्साहन गर्न व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन्।

उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउन व्यवसाय दर्ता गर्न आग्रह गरिन्।

उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन्।

उनले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिएको उल्लेख गरिन्।

उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन्। 

डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन्। उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।

त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताइन्।

उनले  राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सकारको अदूरदर्शी नीति भएको दाबी गरिन्। 

ग्रिल तथा स्टिल व्यवसायीहरू आफैले स्टिल व्यवसायलाई उचित सम्मान दिन नसकिएको पनि उनले बताइन्। 

salt training

कमेन्ट गर्नुहोस्