०८ साउन २०८३, शुक्रबार

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राठी र सञ्चालकमा भारी

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राठी र सञ्चालकमा भारी

 एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एनआईसी एशिया बैंकको फागुन ५ गतेको सञ्चालक समितिको ५९० औँ बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्तको ८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको हो ।

साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्थाबमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको हो ।

उक्त पदमा यसअघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआईसी एशियाको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।

नवनियुक्त सञ्चालक राठीले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टसमक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् भने सञ्चालक भारीले संस्थाका अध्यक्ष राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।

राठी र भारी हाल एनआईसी एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्