०४ असार २०८३, बिहीबार

अमेरिकाको सियाटल शहरमा जातपातमाथि प्रतिबन्ध लगाउने तयारी

फागुन ९, २०७९
अमेरिकाको सियाटल शहरमा जातपातमाथि प्रतिबन्ध लगाउने तयारी

अमेरिकाको सियाटल नगर परिषद्की निर्वाचित अधिकारी क्षमा सावन्तले जात विभेद कानूनमा जातपातलाई पनि समावेश गर्ने अध्यादेश प्रस्ताव गरेको दी एसोसिएटेड प्रेसले खबर दिएको छ । 

एपीकी दीपा भरतले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, पार्षदहरूले मंगलवार यस प्रस्तावलाई पारित गरेमा जातका आधारमा गरिने भेदभावमाथि प्रतिबन्ध लगाउने अमेरिकाको पहिलो शहर सियाटल हुनेछ । 

भारतमा जातका आधारमा गरिने विभेद अझै पनि कायम छ । अमेरिका पुगेका भारतीयहरूले पनि जातपातका आधारमा भेदभाव गर्ने गरेका छन् । 

विगत एक दशकयता दलित अभियानले डायस्पोराका विभिन्न कुनाबाट समर्थन पाइरहेको छ । हिन्दुज फर ह्युमन राइट्स जस्ता संस्थाले यसमा अग्रणी भूमिका खेलिरहेका छन् । 

आफूलाई दलित भनी चिनाउने व्यक्तिहरू विगत तीन वर्षमा सार्वजनिक रूपमा आफ्नो कथा बताउन थालेका छन् । 

त्यसरी सार्वजनिक हुने व्यक्तिमा प्रेम परियार पनि पर्छन् । धारा छोएको निहुँमा आफ्नो परिवारमाथि निर्घात कुटपिट गरिएको उनी सम्झिन्छन् । 

सन् २०१५ मा अमेरिका पुगेका उनले थरकै कारण त्यहाँ पनि भेदभाव सहनुपरेको थियो । आफूले दलितको हकहितका लागि अभियान चलाइरहेको उनी बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्