काठमाडौं, ८ भदौं– हिन्दू नारीहरूको महान् चाड तीजको अवसरमा शिवमन्दिरमा घुइँचो लागेको छ । यस दिन बिहान स्नान गरी महिलाहरू उमामहेश्वरको ब्रत बस्ने गर्छन् । दिनभरी ब्रत बसी महिलाहरु साथीसंगीसँगै नाचगान गर्न व्यस्त रहन्छन् । अविवाहित महिलाले असल श्रीमान् पाउने तथा विवाहित महिलाहरुले श्रीमान्को दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् ।
तीजको दिन राजधानीको पशुपति मन्दिर, कोटेश्वरको महादेवस्थान लगायत ललितपुरको बगलामुखी मन्दिरमा ब्रतालुहरूको घुँइचो लागेको थियो ।