
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
सबै साम्राज्यवादी शक्तिहरूका हर्कतका विरुद्ध निर्वाचनलाई भण्डाफोरको रूपमा उपयोग गरिने सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।