०३ असार २०८३, बुधबार

प्रजातन्त्र सेनानी एवं कांग्रेस नेता ठकुरीको निधन

प्रजातन्त्र सेनानी एवं कांग्रेस नेता ठकुरीको निधन

राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको आज निधन भएको छ ।

नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवं नेपाली कांग्रेस भक्तपुरका आठौँ जिल्ला सभापति रहँदै प्रजातान्त्रिक आन्दोलनमा पटकपटक जेल जीवन बिताएका ठकुरीको आज सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित आफ्नै निजी निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो । 

स्वर्गीय ठकुरीका चार छोरा र दुई छोरी रहेको नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्