२३ असार २०८३, मंगलबार

नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

फागुन १०, २०७९
नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको इन्फेक्सनको मात्रा कम हुँदैगएको छ । 

उपचारमा संलग्न चिकित्सिक डा. अमोल मात्रेकाअनुसार गए राति ८ लिटर प्रेसर मास्कमा उनलाई राखिएको छ । शरीरका पारामिटर सामान्य अवस्थामा छन् । आगोले जलेको विरामीलाई ज्वरो आउनु राम्रो संकेत नभएकाले नेता भण्डारीलाई अहिलेसम्म ज्वरो नरहेको डा. मात्रेको भनाइ छ ।

नेता भण्डारीलाई मंगलबार पेन किलर औषधि पनि नदिइएकाले दुखाई बढी भएको हुनसक्ने चिकित्सकले बताएका छन् । सधैं सो औषधि दिंदा अन्य समस्या आउने भन्दै उनलाई त्यो औषधि हिजो नदिइएको चिकित्सकले बताएका छन् । दुखाई बढी भएपछि शरीरको पट्टि र मास्क हटाउन भण्डारीले आग्रह गरेको उनीसँग उपचारमा सहयोग गरिरहेका सदस्यले बताएका छन् । उनको आग्रहअनुसार केही समय नर्सहरुले प्रेसर मास्क हटाएका थिए ।

जलेका घाउ निको हुन केही समय लाग्ने तर चिन्ता गर्नुपर्ने अवस्था नरहेको चिकित्सकले बताएको उपचारमा साथै रहेका योगराज कंडेलले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्