जेठ ६, २०८०
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे । शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...
चुरे पहाड र महाभारत पर्वत शृंखलाबाट घेरिएको सुर्खेत उपत्यकालाई बस्तीयोग्य बनाउन राजी समुदायको ठूलो योगदान छ । यहाँका जंगल, खोरिया फाँडेर सबैभन्दा पहिले बस्ती बसेका समुदाय हुन् थारु र राजी । त्यसैले यी समुदाय आफूलाई उपत्यकाको भूमिपुत्र भएको दाबी गर्छन् ।
जब २०२२ सालमा औलो उन्मूलन भयो, तब उत्तरी क्षेत्रका बस्तीहरू बिस्तारै उपत्यकामा झर्न थाले तर राजी समुदाय उपत्यकाबाटै पलायन हुन पुगे ।
उनीहरूले नै फाँडेका खोरियामा अन्य समुदायको रजगज चल्न थाल्यो । माछा मार्ने, मह काढ्ने, नदी किनारमा सुन चाल्नेजस्ता पेशा अँगाल्दै आएका राजी जातिलाई एकातिर अन्य समुदायले च्याप्दै आए, अर्कोतिर पुर्ख्यौली पेशाले गुजारा चल्न मुस्किल भएपछि आफैं उपत्यका छाड्न थाले ।
उपत्यकाको जयपुर ठौरीमा रहेका राजी समुदाय बर्दिया–सुर्खेतको सिमाना बबईदेखि पश्चिम सुर्खेतको घाटगाउँ, जामु कुइनेसम्म बसाइँ सरे । कुनै परिवार छिञ्चुमा बसाइँ सरे ।
‘त्यतिबेला हामीसँग जग्गा त थियो, उब्जनी हुन्थेन, बर्सेनि खडेरी पर्थ्यो,’ वीरेन्द्रनगर–२ ठौरीकी ७० वर्षीय उजेली राजी भन्छिन्, ‘अहिलेजस्तो बजार, विकास थिएन, खोला नदी किनार खोज्दै केही परिवार उतै लागे ।’
राजी समुदायले माछा मारेर गुजारा चलाउँथे । यो उनीहरूको पुख्र्यौली पेशा हो । माछा मार्नुका साथै राजीहरूले वन माहुरी र भीर माहुरीको मह काढ्ने, डुंगा बनाउने, नदीमा मान्छेलाई वारपार गराउने, नदी किनारमा सुन चाल्ने र मन्दिरको पुजारी भएर जीविकोपार्जन गर्ने गर्दथे ।
अहिलेको वीरेन्द्रनगरलाई त्यतिबेला सुर्खेत उपत्यकाको नामले चिनिन्थ्यो । थारु अगुवा मानबहादुर चौधरी दाङबाट आएका थारु र मुगुबाट सल्यानको बाँदेपिपल हुँदै सुर्खेत आइपुगेका राजी जाति नै सुर्खेत उपत्यकाका मूल आदिवासी भएको बताउँछन् । औंलो उन्मूलन भएपछि थारु र राजी जातिलाई अन्य जातिले हेप्न थाले ।
‘थारु र राजी जातिको सोझोपनको फाइदा उठाउँदै अन्य जातिले जग्गा हडप्न थाले, कुनै बेलाका जमिनदार, भूमिपुत्रहरू केही त अहिले सुकुम्बासीजस्तै भएका छन्,’ चौधरी भन्छन्, ‘दुःखको कुरा अहिले आफैं राज्यसँग जग्गा र आवास माग्नुपर्ने अवस्था निम्तिएको छ ।’
मोहियानी हक लागू हुँदा र विभिन्न पटक नापी हुँदा आफूहरूको अधिकांश जग्गा गुमेको राजी समुदायको दुखेसो छ । ‘यहाँको झार, जंगल र वन फाँडेर उल्जार–गुल्जार गर्ने थारु र राजी जाति हुन्, पछि अरु जातिको आगमनले आफूले फाँडेको जग्गा समेत थारुले गुमाउनुपर्यो,’ चौधरी भन्छन् ।
ठौरीका रमेशबहादुर राजीले गरीबीका कारण आवास बनाउन नसकेको बताउँछन् । ‘अन्यत्र जनता आवास कार्यक्रमबाट सरकारले राजी समुदायको घर बनाइदिएको छ, वीरेन्द्रनगरमा कार्यक्रम लागू भएको छैन,’ उनी भन्छन्, ‘जीर्ण कच्ची घरमा बुढा बाआमासहित बस्नुपरेको छ ।’
बुढापाकाहरूका अनुसार सुर्खेत उपत्यकाभित्र नदी नहुँदा २०२४–२५ सालतिर ठूलो संख्यामा राजी समुदाय यहाँबाट पलायन भएका हुन् । वीरेन्द्रनगर–२ का कृष्णबहादुर राजी सोझोपनको फाइदा उठाउँदै राजी समुदायको जग्गा खोसिएको, न्यून मूल्यमा खरिद–बिक्री हुँदा राजीहरू पलायन हुनुपरेको बताउँछन् ।
‘भोकमरी हुँदा राजीहरू यहाँबाट पलायन भए, माछा मारेर खाने, तरुल भ्याकुर खान जंगल र नदी किनार खोज्दै गए,’ उनी भन्छन् । वीरेन्द्रनगर–२ ठौरीमा यो समुदायका ८ घरधुरीको मात्र बसोबास छ । सुर्खेतको लगाम, घाटगाउँ, तातापानी, विद्यापुर, बाबियाचौर, पोखरीकाँडा, कुनाथरी, तरंगा, हरिहरपुर, उत्तरगंगा, लाटीकोइली, रामघाट, छिञ्चु, दहचौर, कल्यान, मेहेलकुना र मालारानी क्षेत्रमा राजी समुदायको बसोबास छ ।
राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजी उपत्यकामा नदी किनार नहुँदा राजी समुदाय पलायन हुन पुगेको बताउँछन् । ‘राजीहरूमा चेतनास्तर न्यून थियो, त्यसबेला प्रस्ट बोल्न सक्थेनन्, आफ्नो पुख्र्यौली थातथलो छाडेर नदी किनार खोज्दै गाउँतिर गए,’ उनी भन्छन्, ‘अहिले पुरानो पेशाबाट जीविकोपार्जन हुन छाडेपछि स्थायी बसोबास, खेतीपाती गर्नदेखि बालबालिकालाई स्कूल पढाउन थालेका छन् ।’
सुर्खेतमा राजी समुदायको जनसंख्या १ हजार ५०० बढी छ । लोपोन्मुख राजी जातिको सामाजिक सुरक्षाका लागि नेपाल सरकारले प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
राज्यको नीतिका कारण प्राकृतिक स्रोतसाधनमाथिको पहुँच गुमेको, नदी तालतलैयामा ठेक्का दिन थालेपछि जिल्लाका अन्य स्थानमा रहेका राजी समुदायलाई माछा मारेर गुजारा चलाउन समस्या भएको राजी समुदायको गुनासो छ । अन्य जातिले खोला, नदी नालामा विषादी प्रयोग गरी माछा मार्ने गरेका कारण राजीले जाल, बल्छी थापेर माछा मार्ने पेशा पनि संकटमा परेको छ ।
लोपोन्मुख राजी समुदायको राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच पुग्न सकेको छैन । ‘राजी समुदाय अहिलेसम्म मतदातामै सीमित भएको छ, वडा सदस्य पनि भएको इतिहास छैन,’ राजी अगुवा अशोक राजी भन्छन्, ‘दलहरूका घोषणा पत्रमा पनि राजी जातिको उत्थानको विषय अटइएको पाइँदैन ।’
को हुन् राजी ?
नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्द्वारा अनुमोदित वर्गीकरणको पहिलो समूहमा पर्दछ राजी जाति । महासंघकै सिफारिसका आधारमा नेपाल सरकारले लोपोन्मुख जातिको सूचीमा समावेश गर्दै सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम लागू गरेको छ । राजीहरूलाई आफ्नो इतिहास यकिनसाथ थाहा छैन ।
कर्णाली र आसपासका राजीहरू मुगुको रारा ताल फुटेपछि ‘राक्मा’ भन्ने ठाउँबाट पूर्वी सुर्खेत हुँदै भेरी र कर्णाली नदी किनार आसपास बसोबास गरेको बताइन्छ । कर्णालीमा एउटा उखान प्रचलित छ, ‘राजीका घरमा सल्लाह गर्दागर्दै ७ गाउँ बगे ।’ ढिलासुस्तीलाई बिम्बका रूपमा प्रस्तुत गर्नुपर्दा कर्णालीवासीले यो उखान भन्ने गर्छन् ।
राजीको उत्पत्तिका सन्दर्भमा एउटा किम्बदन्ती लोकप्रिय छ । परापूर्वकालमा मानिसहरूको विभिन्न समूहमध्ये एउटा समूह नदी तार्ने काम गर्दथ्यो । यो समूहले खोला र नदी वारपार गर्न नसक्नेलाई तार्ने काम गर्दथ्यो । एकदिन एक ऋषिमुनिलाई नदी तरेर कतै जानुपर्ने भएछ, त्यो समूहले ऋषिमुनिलाई नदी तारेबापत लेखिने कागजपत्रहरूमा ‘राजीखुशी’ भन्ने शब्द लेख्न पाउनुपर्ने शर्त राखेछन् । ऋषिमुनिले शर्त मानेर नदी तरेर गएछन् । सोही दिनदेखि ‘राजीखुशी’ भन्ने शब्द लेखिँदै जाँदै कालान्तरमा राजी जाति रहन गयो ।
राजीको शारीरिक बनावट मंगोलियनजस्तो भए पनि पातलो शरीर, तेजिलो आँखा र प्रायः गहुँगोरो वर्णको हुन्छ । राजीहरू प्रकृति पुजक हुन् । उनीहरूको छुट्टै भेषभुषा, भाषा, परम्परा र संस्कृति रहेको छ । पुरुषहरूले टोपी, कमिज, भोटो, हरियो खिका भएको छड्के पटुका र सर्दरी लगाउँछन् भने महिलाहरूले टोपरेलको गुन्यु, चोली, घलेक र सेतो रुमाल पैरिन्छन् । विवाह (मागेर, तानेर र भगाएर) आफ्नै जातिसँग गर्ने गर्दछन् ।
आफन्तको निधनपछि शवलाई जमिनमुनि गाड्ने गर्छन् । मरेको १३ दिनपछि मात्रै काजकिरीया गर्ने चलन रहेको छ । राजीहरू आफूलाई ‘फान जाति’ भनेर भन्छन् । उनीहरू पहिले राउटेजस्तै फिरन्ते जीवन जिउँथे । नदीनालामा माछा मारेर गुजारा चलाउने, डुंगा तार्ने, सुन चाल्ने, मह काढ्ने पुख्र्यौली पेशा हो । राजी शाल्म समाजका अनुसार शुरूमा एउटै रहेको यो जाति समय बित्दै जाँदा ३ मुख्य उपजातिमा बाह्रबण्डाले, नौकुल्या र पुर्वा जातिमा विभाजित भएको पाइन्छ । नेपालमा राजीहरूको जनसंख्या करीब ५ हजार छ ।
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे । शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...
बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो...
‘सगरमाथाबाट झर्दै थिएँ । खुम्बु आइसफलभन्दा माथि म एक्कासि चिप्लिएँ । तल खस्दै थिएँ । आफ्नै अगाडि एउटा शव देखेर झसंग भएँ । पछि पो थाहा भयो, म त्यही शवमा अड्किएर बाँचेको रहेछु । झन् डर लाग्यो । तै पनि सम्ह...
‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं । २०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । तर, १...
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापालाई सांकेतिक भाषा सिक्न उत्प्रेरित गर्यो । अपाङ्ग...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...