०५ साउन २०८३, मंगलबार

विश्वकपको एसिया छनोट खेल्न नेपाली टोली यूएई जाँदै

फागुन १०, २०७९
विश्वकपको एसिया छनोट खेल्न नेपाली टोली यूएई जाँदै

यूएईमा फागुन १२ गते शुक्रबारदेखि शुरु हुने आइसीसी पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

त्यसका लागि  छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई आज बुधबार बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार यूएई जाने यू १९ टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाइ गरेका थिए । 

नेपालले देव खनालको कप्तानीमा प्रतियोगिता खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा छन् । प्रतियोगिता फागुन १२ देखि यूएईमा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहने छ । 

खेल तालिकाअनुसार नेपालले पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरसँग खेल्नेछ । दोस्रो खेल २५ तारिखमा कुबेतसॅंग खेल्नेछ । नेपालले हङकङविरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्ने तालिका छ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ। सबै खेलहरु नेपाली समयअनुसार बिहान १०ः४५ बजे हुनेछ ।

नेपाली टिममा देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क),  दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशालबिक्रम केसी, मिलन बोहरा, आकाश चन्द रहेका छन् । 

यस्तो छ खेल तालिका 

salt training

कमेन्ट गर्नुहोस्