१७ असार २०८३, बुधबार

एकै दिनमा दश फरार अभियुक्त पक्राउ

कात्तिक २०, २०७४
एकै दिनमा दश फरार अभियुक्त पक्राउ

इनरुवा, ८ भदौ - सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई  फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् ।

कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ  ।

 प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी, अशोक माझी, शुकनारायण माझी, सुनिल विष्ट र सुयोग कार्कीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरी निरीक्षक शान्तबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्ला अदालत सुनसरीले आग्रह गर्दै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई पक्राउ गरी सहयोग गर्न गरेको आग्रहअनुसार पक्राउ गरेर अदालतलाई बुझाएको इप्रका पकलीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्