२३ असार २०८३, मंगलबार

डीसीएलाई क्रिकेट उपाधी

फागुन १२, २०७९
डीसीएलाई क्रिकेट उपाधी

धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार भैरहवामा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । डीसीएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीइसी) लाई २ विकेटले हराउँदै उपाधि जितेको हो । 

टस हारेर ब्याटिङ गरेको सीइसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । स्मिथ बुढाले ४६, ओकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडेका थिए । बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए । 

जवाफी ब्याटिङमा आएको डीसीएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो । डीसीएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे ।  सीइसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच डीसीएका निरज ऐर घोषित भए । डीसीएले उपाधीसहित ३० हजार नगद हात पारेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्