३० असार २०८३, मंगलबार

पुलिसलाई हराउँदै सात दोबाटो सेमिफाइनलमा

फागुन १२, २०७९
पुलिसलाई हराउँदै सात दोबाटो सेमिफाइनलमा

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवको चुनौति पन्छाउँदै सातदोबाटो युथ क्लव केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार सम्पन्न उद्घाटन खेलमा सातदोबाटो युथ क्लवले पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रवीण थापाले एक गोल फर्काएका थिए ।

शहीद स्मारक ए डिभिजन लिगको तयारीको रुपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद् शुरुवात गरेको हो । सो क्रममा दीपकले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा दीपकको गोलबाट अग्रता लिएको थियो । 

तर दोस्रो हाफको चौथो मिनेटमा नै पुलिसले पुनरागमन गरेको थियो । ४९ औँ मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरी भए पनि दबाब दिएर खेलेको सातदोबाटोले ७१ औँ मिनेटमा दीपककै गोलबाट अग्रता दोब्बर बनायो । बाँकी समयमा थप गोल हुन सकेन र सातदोबाटोले अन्तिम चारमा स्थान पक्का ग¥यो ।

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजनको बिजेता मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जाउलाखेल युथ क्लव र आयोजक टोली केपी ओली एफसीले प्रतिष्पर्धा गर्दैछन् । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्