
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशन आजबाट धादिङमा सुरु हुँदैछ । सदरमुकाम धादिङ बेँसीमा हुने महाधिवेशनको दिउँसो ३ बजे औपचारिक समुद्घाटन हुनेछ ।
१२ बजेबाट र्याली सुरु हुने र ३ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाट्न गर्ने प्रतिष्ठानले जनाएको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै १४ गते महाधिवेशन सकिनेछ ।
२६ हजार जना बढी आबद्ध प्रतिष्ठानको महाधिवेशनमा १ हजार बढी प्रतिनिधि सहभागी छन् ।
प्रतिष्ठानले संस्थागततर्फबाट रीता थापा मगरलाई अध्यक्षको आधिकारिक उमेद्वार बनाएको छ । वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा आकांक्षी छन् ।
उपाध्यक्ष, उपमहासचिव, सचिव र सदस्यका लागि भने धेरै आकांक्षी देखिएका छन् ।
यी पदका लागि कलाकारहरूले उम्मेदवारी घोषणा समेत गरिरहेका छन् ।