०८ असार २०८३, सोमबार

सुरुङ मार्गको काम अगाडि बढेपछि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द

फागुन १२, २०७९
सुरुङ मार्गको काम अगाडि बढेपछि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द

शिद्धबाबामा सुरुङमार्ग निर्माणको काम शुरू भएपछि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

सिद्धार्थ सुरुङमार्ग योजनाले शनिवारदेखि दैनिक दिउँसो र राति गरी यातायातको आवागमनलाई रोकेर काम अगाडि बढाउन लागेको हो ।

शिद्धबाबा रुपन्देही र पाल्पाको संगमस्थलमा नेपाल सरकारले सुरुङमार्ग बनाउन लागेको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–३ मा रामापिथेकस पार्क नजिकै डाइर्भसन निर्माण शुरू गरिएको छ । निर्माणस्थलमाथि पहराबाट खुकुलो ढुंगा निरन्तर खसिरहेका छन् । 

त्यसलाई पूर्ण रूपमा व्यवस्थित गर्न शनिवारदेखि बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म सडक बन्द गर्नुपर्ने अवस्था आयोजना सडक डिभिजन कार्यालय बुटवलका योजना प्रमुख होम एसीले जानकारी दिए ।

अत्यावश्यक प्रकृतिका साना तथा मझौला सवारीलाई बेलबास नुवाकोट दोभान सडक प्रयोग गर्न भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्