३१ जेठ २०८३, आइतबार

५ भदौमा १८ वर्ष पुगेकाले मत दिन पाउने

कात्तिक २०, २०७४
५ भदौमा १८ वर्ष पुगेकाले मत दिन पाउने
काठमाडौं, ९ भदौ- आगामी मंसिरका लागि तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ५ भदौमा १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन्, राजधानीमा खबर छ ।
aayog
निर्वाचन आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन ५ भदौसम्म १८ वर्ष उमेर पूरा भएको र मतदाता नामावलीमा नाम लेखाएकाहरूलाई मात्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न दिइने निर्णय गरेको हो ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थानुसार मतदाताको १८ वर्ष उमेर पुगेको मिति तोकेको हो,’ आयोग बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्