असोज ३, २०८०
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
फागुन १२, २०७९
आफ्नो जन्मदिनको अवसरमा के लेखौं, के लेखौं भयो । जन्मदिन भनेको जिन्दगीको एक खुड्किला उक्लिएको र मृत्युको एक खुड्किला नजिक पुगेको दिन हो । यस्तो समयमा मान्छे साँच्चै भावुक, उदास र गम्भीर पनि हुने गर्छन् शायद, त्यसैले यस क्षणमा अलि महत्त्वपूर्ण र गम्भीर कुरा गरौं कि जस्तो लागेर यो विषय टिपेको हुँ । यही संस्थागत पहिचानबाट समाजमा चिनिएको व्यक्ति भएकाले उपरोक्त विषय छानेको हुँ ।
ज्योतिष शास्त्रलाई समग्र विज्ञानको जननी मानिन्छ, किनभने हामीलाई थाहा छ, विज्ञान गणितमा आधारित छ र गणितको उत्पत्तिको श्रोत ज्योतिष शास्त्र हो । यसको केन्द्र भारत वर्ष हो । यसलाई विश्वविख्यात वैज्ञानिक अल्वर्ट आइन्सटाईनले समेत पुष्टि गरेका छन् । समयको बारेमा सोधिएको प्रश्नमा उनले आफूलाई समयको बारेमा थाहा नभएको र यसको श्रेय गंगा किनारका ब्राह्मणहरूलाई जाने बताएका छन् । यो शास्त्र लामो समयसम्म निकै उपेक्षित रह्यो र संसारका शास्त्रहरूमा यो सर्वाधिक पुरानो शास्त्र पनि हो ।
ऋग्वेदका अनुसार यो झण्डै एकलाख वर्षभन्दा पुरानो छ । आधुनिक विज्ञानले समेत यसलाई विज्ञानको पनि विज्ञान मानिसकेको छ, किनभने यो समय विज्ञान हो । वैज्ञानिक एलेकजेन्डर चिजेवस्की भन्छन्, हरेक एघार वर्षमा सूर्यले आफ्नो म्याग्नेटिक फिल्ड बदल्छ । यसबाट साविकका ध्रुवहरू विपरीत हुन पुग्छन् र यसले सूर्यमा विस्फोट हुनेगर्छ । यसका कारण पृथ्वीमा असन्तोष फैलिन्छ । त्यसबाट मानवजातिमा फरक मनोविज्ञान तयार हुन्छ । सूर्यमा हुने विस्फोटको असर सम्पूर्ण ब्रह्माण्डमा पर्ने गर्छ र पृथ्वीमा समेत सोझै पर्छ ।
यही प्रभावबाट नै पृथ्वीमा विभिन्न क्रान्ति, हैँजा, महामारी, युद्ध, आँधी, प्रलय समेत आउने गर्छन् । संसारमा हुने विभिन्न राजनीतिक र सामाजिक परिवर्तनको कारण समेत सूर्यमा हुने गतिविधि नै हो । यहाँका गतिविधिका कारण र कारक हामी आफैं होइनौं । यसलाई ज्योतिष विज्ञान र आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । अस्तित्वमा रहेका विभिन्न ग्रह र नक्षत्रको अवस्था र दशाले पृथ्वीका गतिविधिमा प्रत्यक्ष असर पार्छ भन्ने कुरा परापूर्वकालदेखि ज्योतिष विज्ञानले भन्दै र सिद्ध गर्दै आएको छ ।
कृष्ण पक्ष, शुक्ल पक्ष, ग्रहण, ग्रह, नक्षत्र, तारागणलगायतका समग्र सौर्य मण्डलको गहन र प्रामाणिक अध्ययन ज्योतिष विज्ञानले हजारौं वर्ष अघिदेखि नै गर्दै आएको कुरा निर्विवाद नै छ । रुसी वैज्ञानिक चिजेवस्कीलाई उनको यसै खोजबापत स्टालिनले सन् १९२० मा आजिवन कारावास सजाय दिएका थिए । जो स्टालिनको मृत्युपश्चात् मात्र जेलमुक्त भए र थोरै समय मात्र बाँचे । रुसी क्रान्तिलाई मार्क्सवादसम्मत भनेर व्याख्या गर्ने स्टालिनका लागि चिजेवस्की ठूलो चुनौती बनेका थिए । हामीले गर्यौं भनेको क्रान्तिलाई सूर्यको विस्फोटको कारण भएको बताएर चिजेवस्कीले आफ्नो जीवनमाथि ठूलो जोखिम मोलेका थिए ।
हुन त यतिबेला देशको राष्ट्रपति को हुने भन्ने विषय राष्ट्रिय राजनीतिको केन्द्रमा छ । ठूला राजनीतिक दलहरू मुख्यगरी कांग्रेस एमाले दुवै दल आ–आफ्नो दलबाट राष्ट्राध्यक्ष बनाउन कसरत गरिरहेका छन् भने सरकारको नेतृत्व गरेको दल माओवादी सकेसम्म अर्को विकल्पमा जाने भित्री कसरत गरिरहेको देखिन्छ । ती विकल्पहरूमा सघन बहस चलिरहेको छ । निर्वाचन आउन लगभग दुई हप्ता मात्र बाँकी छ । देशको राजनीतिलाई सन्तुलित रूपबाट अघि बढाउने या दल विशेषको नियन्त्रणमा लैजाने भन्ने विषयलाई राष्ट्रपति निर्वाचनको परिणामले सुनिश्चित गर्नेछ । यसका लागि केही दिन पर्खनु श्रेयस्कर हुनेछ । यस विषयमा समयक्रममा चर्चा हुँदै जानेछ ।
अहिलेको बहस भने विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनका सन्दर्भमा हो । तर अहिले यो विषद हुने छैन । विभिन्न विश्वविद्यालयहरूले आगामी चैत्र ५ गते स्व.वि.यू.निर्वाचन तोकेको छन् । नेपालका हरेक मुख्य दलका आ–आफ्ना विद्यार्थी संगठनहरू छन्, खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रका ।
राप्रपा, जनमोर्चा, नेमकिपा, नेकपा मालेका पनि संगठनहरू छन् । जसपा, लोसपा, नेसपाका विद्यार्थी संगठनको चर्चा खासै सुनिँदैन । नयाँ पार्टी रास्वपाले विद्यार्थी संगठन नबनाउने कुरा गरेको छ । यीमध्ये नेविसंघ, अखिल र अखिल क्रान्तिकारी तुलनात्मक रूपमा प्रभावशाली र देशभर संगठन सञ्जाल भएकामध्येमा पर्छन् । देशको राजनीतिक परिवर्तनमा इतिहासको विभिन्न कालखण्डमा यिनिहरूको आ–आफ्नो भूमिका छ ।
यिनका गतिविधिहरू सम्बन्धित राजनीतिक दलसँग प्रत्यक्ष रूपमा जोडिन्छन् अर्थात् आ–आफ्ना मातृ पार्टीबाट प्रभावित छन् । कांग्रेसका गतिविधिबाट नेविसंघ प्रभावित छ भने एमाले र माओवादी केन्द्रबाट अखिल, अखिल क्रान्तिकारी निर्देशित छन् । पार्टीका राम्रा, नराम्रा सबै क्रियाकलापको असर सिधै यिनिहरूमा पर्दछ । सबैभन्दा दुःखको कुरा त के छ भने आफ्नो दलका खराब कामकारवाही समेतको यिनले विरोध गर्न सक्दैनन् । आफूलाई स्वतन्त्र र सार्वभौम संस्थाको रूपमा प्रस्तुत गरेपनि यी सबै राजनीतिक दलका आदेशपालक वा स्याटेलाइट जस्ता छन् । अन्तरिक्षमा पृथ्वीबाट छोडिएका रकेट या स्याटेलाइट नाशा या अन्तरिक्ष केन्द्रको प्राविधिक वा यान्त्रिक नियन्त्रणमा रहन्छन् र प्रयोजन सकिएपछि मात्रै फर्कन्छन् ।
यसैगरी दलका भ्रातृसंगठनहरू पार्टीको नियन्त्रणमा रहने र कुसुलले पुतली नचाएजस्तो नाचिरहेका देखिन्छन् । त्यसमा पुतलीको कुनै भुमिका रहँदैन । त्यसैले नेपालका राजनीतिक दलहरूले भ्रातृसंगठनबाट उत्साहजनक परिणाम खोज्नुअघि आफ्नो भूमिका र व्यवहारको समीक्षा गर्नु आवश्यक छ । भ्रातृसंगठनलाई स्याटेलाइट बनाएर खै त विवेक ? या उत्साहजनक परिणाम ? भन्नुको कुनै अर्थ छैन । सूर्यको विस्फोटबाट पृथ्वीका गतिविधि प्रभावित भएजस्तै मातृ पार्टीका क्रियाकलापबाट विद्यार्थी संगठनका गतिविधि परिचालित हुने गर्दछन् । यसका केही सैद्धान्तिक पक्षको थोरै चर्चा गरौं ।
विद्यार्थी संगठन चेतनशील युवा संस्था भएकाले केही महान् आदर्शबाट अनुबन्धित हुन्छन् । मूलत: संगठनका आदर्शहरूले नयाँ व्यक्तिलाई संगठित हुन अभिप्रेरित गर्ने हो । आदर्शले हरेक व्यक्तिलाई सदस्य बन्न, त्याग गर्न र बलिदान हुन मानसिक रूपमा तयार पार्छ । नेपालका विद्यार्थी संगठनहरू पनि निश्चित आदर्शबाट अनुप्राणित थिए, जसले धेरै जनालाई सहादत्वसम्म पुर्यायो ।
कतिपय पलायन भए र बाँचेकाहरू नेपाली राजनीतिलाई डोहोर्याउने ठाउँमा पुगे । राज्य संयन्त्रको विभिन्न स्थान ओगटे । यो साह्रै ठूलो उपलब्धि थियो तर आदर्श कहाँ पुग्यो ? जुन तत्त्व वा पक्षले उनीहरूलाई राजनीतिमा धकेलेको थियो, ती सबै गौण भए । हिजोआज आदर्शको कुरा लाचारी र फगत बुद्धि विलास मानिन्छ । केही गर्न नसक्ने अर्थात् ठूलो ओहोदा, शक्ति र प्रतिष्ठा प्राप्त गर्न नसक्नेहरूको रोदन र लघुताभाष ठानिन्छ । कहाँ पुग्यो समाज ? र, अझ कता जाँदैछ ? एउटा कुरा हामी कहिल्यै नबिर्सौं कि हामीले खास आदर्शलाई अनुशरण नगरेको भए आज नेपाल नाम गरेको देश बाँकी रहँदैनथ्यो ।
विद्यार्थी संगठनहरूको अर्को महत्त्वपूर्ण पक्ष संगठन हो । संस्थामा आबद्ध लाखौं सदस्यहरूको ऊर्जा, क्षमता र विधायक गतिविधि नै समष्टिमा संगठन हो । यसैबाट संगठनको व्यक्तित्व झल्किन्छ । प्रवचन, व्याख्या, विश्लेषण र दौडधूप मात्रले संगठन प्रमाणित हुँदैन । यतिबेला हामी के गर्दैछौं ? हाम्रा सदस्य कति छन् ? के गर्दैछन् ? उनीहरूको दैनिकी के हो ? क्षमता के हो ? यसमा हाम्रो दृष्टि पुगेको छ ? हाम्रा संस्थागत दायित्व नियमित छन् त ? हामीसँग चित्तबुझ्दो जवाफ छैन । हामी अराजकता र मनोगत गतिविधिलाई संगठनको नाम दिँदैछौं ।
त्यसैले आजको संक्षिप्त चर्चामार्फत भन्न खोजेको कुरा के हो भने विद्यार्थी संगठनहरू नेपालका राजनीतिक दलजत्तिका पनि रहेनन् । दलहरूले थोरै भए पनि संस्थागत क्रियाकलाप सञ्चालन गर्दछन् तर विद्यार्थी संगठनहरू त दलका छायाँ प्रमाणित भएका छन्, मौलिकता गुमाएका छन्, जसबाट समाजले आशा गर्न छाडिदिएको छ । समाजको उन्नत शक्ति र चेतनशील जमातको संगठित समूहको क्रियाकलापबाट नेपाली जनमत लगभग पूर्णतया निराश छ ।
स्ववियु निर्वाचन नजिकिएको छ । विद्यार्थी संगठनका लागि अन्तिम परिक्षण हो यो । यस निर्वाचनमा संगठनहरूले खडा गर्ने उम्मेदवार, उम्मेदवार चयनको प्रक्रिया र निर्वाचन प्रचारको गुणस्तरले उनीहरूको भविष्य निर्धारण गर्नेछ ।
भविष्यमा बाँकी छलफल गर्दै गरौंला, आफ्नो जन्मदिवसको दिन विद्यार्थी संगठनहरूलाई निजी स्वत्व र पहिचानको पुनःस्थापना तथा सांगठनिक जीवनको पुनरुत्थानको धेरै–धेरै शुभकामना छ !
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...
कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...
मानिसको बानी व्यवहारमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारेको हुन्छ । प्रविधिसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा तहल्का मच्चाएको छ । समाज दूरीविहीन छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न...
पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...