१० साउन २०८३, आइतबार
शुक्रबार संसदबाट बाहिरिने क्रममा

ओलीले भने- अन्त के भइरहेको छ थाहा छैन, राष्ट्रपतिमा उम्मेदवारी दिन्छौं

फागुन १२, २०७९
ओलीले भने- अन्त के भइरहेको छ थाहा छैन, राष्ट्रपतिमा उम्मेदवारी दिन्छौं
फाइल तस्वीर

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै ओलीले भोलि (शनिबार) राष्ट्रपतिमा उम्मेदवारी मनोनयन गर्ने बताएका हुन् । 

बालुवाटारमा कांग्रेस, माओवादी, जसाप र नेकपा एकीकृत समाजवादी राष्ट्रपतिमा सहमतिनजिक पुग्दा ओलीले यस्तो बताएका हुन् । 

‘हामी भोलि राष्ट्रपतिमा उम्मेदवारी दिन्छौं । हाम्रो उम्मेदवार हुने पक्का नै छ’, ओलीले भने, ‘तर मलाई अन्त कहाँ के भइरहेको छ थाहा छैन ।’ 

ओली १० पुसको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने पक्षमा छन् ।

तर प्रधानमन्त्री प्रचण्डले एमालेभन्दा कांग्रेससँग मिलेर राष्ट्रपति चुनावमा अघि बढ्ने तयारी गरेपछि परिस्थिति फेरिनेतर्फ अगाडि बढेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्