×

NMB BANK
NIC ASIA

रुकुम पश्चिमका तत्कालीन प्रधानाध्यापकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फागुन १२, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमको एक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 

Muktinath Bank

रुकुमपश्चिम मुसिकोट नगरपालिकाका स्थित श्री शाइकुमारी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर केसीसहित ७ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै शुक्रवार विशेष अदालतमा मुद्दा दयार गरिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार विभिन्न व्यक्ति तथा समितिलाई विद्यालयको रकम कानूनविपरीत लगानी गरी दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको हो।


Advertisment
Nabil box
Kumari

बागबजार रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको हो।

Vianet communication

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष केसी र तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न मितिमा निर्णय गरी गराई शिक्षा नियमावलीविपरीत विद्यालयको ८ लाख ९४ हजार रुपैयाँ  विभिन्न व्यक्ति, सडक निर्माण समिति र वन उपभोक्ता समूहसमेतलाई ऋण कर्जा दिएको अभियोगपत्रमा उल्लेख छ।

ऋण दिइएको  उक्त रकम फिर्ता नगरी नगराई खाईमासी बदनियतपूर्वक नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। ​

त्यसैगरी वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया केसीले पनि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ।

केसीले विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी विद्यालयको ८ लाख रुपैयाँ बाटो निर्माण गर्न लिई बाटो निर्माण नगरी उक्त रकम विद्यालयको खातामा दाखिल समेत नगरी खाईमासी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ।

साथै उक्त विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष द्रोण बहादुर खत्रीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

खत्रीले  विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी नियमविपरीत विद्यालयको रकम सडक निर्माण उपभोक्ता समितिको नाममा आफै लिई सो रकमबाट सडक निर्माण गर्नुपर्नेमा नगरी तथा विद्यालयबाट सापटी भनी लिएको रकम फिर्ता नगरी ८ लाख ४८ हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको उल्लेख छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x