२७ असार २०८३, शनिबार

लागुऔषध सेवन गरी विद्यार्थी बोकेको बस चलाउने १ जना सहित ६ जना चालक पक्राउ

फागुन १२, २०७९
लागुऔषध सेवन गरी विद्यार्थी बोकेको बस चलाउने १ जना सहित ६ जना चालक पक्राउ

 काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने विद्यार्थी बोकेको बसका चालक सहित ६ जना चालकलाई  शुक्रबार‍ प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा ३ ख ६३ ०३ नम्बरको रिव्स स्कुल गुर्जुधाराका विद्यार्थी बोकेको चन्द्रागिरी यातायातको बस चालक रामेछापका गणेश दमाई, बागमती प्रदेश ०३-००१ ख १७ ०६ नम्बरको ट्रक चालक मकवानपुर घर भएका गणेश चौलागाईँ, बागमती प्रदेश ०२-०३४ प ७९ २९ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकका मेख बहादुर थापा, ग १० प ९८ ३४ नम्बरको स्कुटर चालक लमजुङ घर भएका संजय गुरुङ, प्रदेश ३ -०१-०२५ च ६८ ८२ नम्बरको पिकअप जीपका चालक धादिङका विजन सिल्वाल र ग १ ख ७१ ४५ नम्बरको बस चालक लमजुङ घर भएका श्याम थापा पक्राउ परेका हुन् । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले  २० वटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालकलाई फेला पारेको हो । जसमा सार्वजनिक सवारी साधनका चालक ३ जना, मोटरसाइकल/स्कुटरका चालक १/१ जना र पिकअप जीपका चालक  १ जना गरी  ६ जना चालकहरु रहेका छन् । 

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्