२० असार २०८३, शनिबार

रूसको सदस्यता निलम्बन

फागुन १२, २०७९
रूसको सदस्यता निलम्बन

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले युक्रेनमा रूसी आक्रमणलाई लिएर रूसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ ।

एफएटीएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ ।

समूहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, “समूहको उद्देश्य सुरक्षा, सुरक्षा र विश्वव्यापी वित्तीय प्रणालीको अखण्डतालाई बढावा दिनु भएको र रूसी महासङ्घको यो कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकोले कारबाही अघि बढाइएको छ ।” एफएटीएफको मापदण्ड कार्यान्वयनका लागि रुस अझै पनि जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ भने कम्बोडिया र मोरक्कोलाई उक्त श्रेणीबाट हटाएको छ ।

रूसलाई युरोपेलीे परिषद्बाट निष्कासित गरिएको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट निलम्बित गरिएको छ, तर रूस अझै पनि धेरै अन्तर्राष्ट्रिय सङ्गठनहरूको सदस्य छ ।

salt training

कमेन्ट गर्नुहोस्