२८ जेठ २०८३, बिहीबार

कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रपति उम्मेदवार टुंग्याउँदै कांग्रेस

फागुन १३, २०७९
कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रपति उम्मेदवार टुंग्याउँदै कांग्रेस

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन शनिवार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

शनिवार बिहान साढे ८ बजे बैठक बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय वीपीनगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन सूचित गरिएको छ । बैठकले पार्टीबाट राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने जनाइएको छ ।

राष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार शनिवार उम्मेदवार मनोनयन दर्ता गर्नुपर्नेछ । मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन् । 

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । ८ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन् । 

salt training

कमेन्ट गर्नुहोस्